सल्यान, २१ असार । सल्यानमा जबरजस्ती करणीका आरोपीलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका–३ टोट्केका ४२ वर्षीय टोप बहादुर वली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक भवानी प्रसाद धमलाले जानकारी दिनुभयो । उहाँका अनुसार यही असार १९ गते ४३ वर्षीया एक महिलालाई पीडितकै घरमा गएर बलात्कार गरेको भनी जाहेरी परेपछि खोजतलास गर्ने क्रममा आफ्नै घरमा बसी रहेको अवस्थामा पक्राउ गरिएको हो ।
उनको घर खानतलासी गर्ने क्रममा घरको बैकलमा भरेर ठिक्क पारेको एक नाले भरुवा बन्दुक पनि फेला परेको प्रहरीले जनाएको छ । आरोपित वलीलाई जबरजस्ती करण तथा हातहतियार खरखजना सम्बन्धी कसुरमा सल्यान जिल्ला अदालत सल्यानबाट ४ दिनको म्याद लिएर हिरासतमा राखी अनुसन्धान अघि बढाएको प्रहरीले बताएको छ ।।
प्रकाशित मिति : २०८१ असार २१ गते शुक्रवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।