२०८३ कार्तिक ११ गते बुधवार

मनसुनजन्य विपद्‍बाट २५ दिनमा ४७ जनाको मृत्यु

काठमाण्डौ, २० असार ।  नेपालमा मनसुन भित्रिएको २५ दिनमा विपद्जन्य घटनामा परेर ४७ जनाको मृत्यु भएको छ । विपद्जन्य घटनाबाट ८ करोड रुपैयाँभन्दा धेरैको क्षति भएको छ । यस्तै २५ दिनमा ४६ वटा भौतिक संरचना बाढी र पहिरोका कारण ध्वस्त भएका छन् । यही अवधिमा २ सय ५९ वटा पशुचौपाया मरेका छन् भने ४ सय वटा जलवायुजन्य घटना भएका छन् । नेपालमा गएको जेठ २८ गतेदेखि यो वर्षको मनसुन भित्रिएको थियो ।

आउँदो आइतवारसम्म ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ । साउन, भदौ र असोजमा भारी वर्षा हुने हुँदा त्यसले निम्त्याउन सक्ने जोखिम न्यूनीकरणका लागि सङ्घ, प्रदेश र पालिकाले समयमा नै ध्यान दिनुपर्ने देखिएको छ । नदी किनारमा भएका बस्ती, भौतिक संरचना, विद्युतीय संरचना, विद्यालय, खानेपानी, कृषि सबैमा विपद्को प्रभाव बढेको छ ।।

प्रकाशित मिति : २०८१ असार २० गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।