२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरमा चना खाने क्रममा घाटीमा अट्किएर एक बालकको मृत्यु

तुलसीपुर, १९ असार ।  दाङको तुलसीपुरमा चना खाने क्रममा घाटीमा अट्किएर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–९ बेलुवा निवासी रुपा घर्तीका ३ वर्षीय छोरा राजेन्द्र घर्ती रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार आज बेलुका ५ बजेको समयमा स्कुलबाट आएर कोठामा पकाएको चना खाने क्रममा बालकको घाटीमा अट्किएको हो ।

उपचारका लागी सिटि हस्पिटल तुलसीपुरमा लगिएपनि डाक्टरले चेकजाँच गर्दा सवा ५ बजेको समयमा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतकको शव अहिले राप्ती प्रादेशकि अस्पताल तुलसीपुरको शव गृहमा राखिएको प्रहरीको भनाई छ ।।

प्रकाशित मिति : २०८१ असार १९ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।