२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरबाट बबई नदिले बगाएकी युवती दंगीशरणमा मृत फेला

तुलसीपुर, १९ असार ।  दाङको तुलसीपुरमा खोला तर्ने क्रममा बगाएको युवतीको शव फेला परेको प्रहरीले जनाएको छ । तुलसीपुर–१४ मटेरास्थित बबई नदि तर्ने क्रममा आज बिहान करिब ८ बजेको समयमा सोही ठाउँकी अन्दाजी १९ वर्षीय सम्झना चौधरीलाई बगाएको थियो । खोजी गर्दै जादा दंगीशरण–४ स्थित बैबाङ–बाकी जोड्ने पक्कि पुल नजिकै बबई नदि किनारमा शव भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

आफन्तीको घरमा जाने क्रममा आज बिहान सम्झनालाई खोलाले बगाएको थियो । शव भेटिएको खबर प्राप्त भएपनि प्रहरी अहिले सम्बन्धित ठाउँमा जादै गरेकाले उहाँनै हो भन्ने एकिन भने भइनसकेको प्रहरी निरीक्षक थापाले बताउनुभयो । प्रहरीले बिहानै देखी उहाँको खोजी कार्य तिव्र पारेको थियो ।।

प्रकाशित मिति : २०८१ असार १९ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।