२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरमा नदि तर्ने क्रममा बगेर एक किशोरी वेपत्ता

तुलसीपुर, १९ असार ।   दाङको तुलसीपुरमा नदि तर्ने क्रममा बगेर एक किशोरी वेपत्ता भएको प्रहरीले जनाएको छ । तुलसीपुर–१४ मटेरास्थित बबई नदि तर्ने क्रममा आज बिहान करिब ८ बजेको समयमा सोही ठाउँकी अन्दाजी १९ वर्षीय सम्झना चौधरीलाई बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार इलाका प्रहरी कार्यालयबाट १० जनाको प्रहरी टोली परिचालन गरी वेपत्ता उहाँको खोजी कार्य भइरहेको छ ।।

प्रकाशित मिति : २०८१ असार १९ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।