रोल्पा, १८ असार । रोल्पामा जिप दुर्घटनामा परी ज्यान गुमाउने तथा घाइते भएका सबैको परिचय खुलेको छ । दुर्घटनामा परी जिल्लाको माडि गाउँपालिका–३ का ७७ वर्षीय खड्क डाँगी, सोही ठाउँका ५० वर्षीय कर्मा घर्ती, ७० वर्षीय झुपलाल डाँगी, ३३ वर्षीय जुनमाया खड्का, परिवर्तन गाउँपालिकाको राङसीका ३३ वर्षीय रामकली पुन, ३० वर्षीय अमृता घर्ती र उहाँकै १८ महिनाकी छारी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रोहित कुमार शाहीले जानकारी दिनुभएको छ । यस्तै घाइते हुनेहरुमा गंगादेप–७ का ५२ वर्षीय नैनशिङ बाठा, माडि–३ का ३७ वर्षीय खगेन्द्र बाठा, सोही ठाउँका ४२ वर्षीय बरमाली घर्ती, परिवर्तन गाउँपालिका–६ का ४५ वर्षीय दिपक थापा, माडि–२ का ३ वर्षीय हेटलर खड्का, माडि ३ का ६० वर्षीय कर्म बुढामगर, सोही ठाउँका ४० वर्षीय तिलकुमारी घर्ती र १३ वर्षीय प्रतिभा बुढामगर रहेको उहाँले बताउनुभयो ।
घाइते मध्य गम्भिर अवस्थाका ६ जनालाई थप उपचारका लागी बुटवल रिफर गरिएको छ भने २ जनाको जिल्ला अस्पताल रोल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रोल्पाको घर्तीगाउँदेखि तालाबाङका लागि छुटेको लु १ ज ३२५२ नम्बरको जिप घर्तीगाउँ–तालाबाङ सडक अन्तर्गत परेवा छहरा नजिकैबाट हिजो साझको समयमा ४ सय मिटर तल खसेर दुर्घटना भएको हो । बाटोमा पहिरो गएकाले ड्राइभरले गाडि रोकेर हेर्दै गर्दा जिप ब्याक भएर सडकबाट खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । ड्राइभर पनि सामान्य घाइते भएका छन् । दुर्घटनामा परी पाँच जनाको घटना स्थलमै र दुई जनाको उपचारको लागी रोल्पा अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । यस अघि गाडीमा ११ जना सवार रहेको बताउँदै आएको प्रहरीले पछिल्लो समय १५ जना भएको पुष्टि गरेको छ । घाइतेको अवस्था गम्भिर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले बताएको छ ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।