२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरमा टिप्परसँग मोटरसाइकल ठोक्कियो, १ जना गम्भिर घाइते

तुलसीपुर, १५ असार ।  दाङको तुलसीपुरमा टिप्परसँग मोटरसाइकल ठोक्किदा १ जना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा घोराही–१० बासबजेरीका २० वर्षीय आशिष खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार तुलसीपुरबाट घोराहीतर्फ जादै गरेको रा १ ख १५३० नम्बरको टिप्पर तुलसीपुर–१८ दुधरास पेट्रोल पम्पमा तेल हाल्न जाने क्रममा सोही दिशातर्फ जादै गरेको रा ८ प २९५८ नम्बरको मोटरसाइकल पछाडीबाट ठोक्किन जादा दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भिर घाइते भएका खड्काको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछी थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । दुबै सवारीसाधन नियन्त्रणमा लिएको र टिप्पर चालक फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ असार १५ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।