२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरमा इनार सफा गर्ने क्रममा फसेका एकजनाको उद्धार

तुलसीपुर, १४ असार ।  दाङको तुलसीपुरमा इनार सफा गर्ने क्रममा फसेका एकजनाको उद्धार गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टा स्थित छविलाल वलीको घरमा इनार सफा गर्ने भनेर इनारमा पसेका तुलसीपुर–१५ का अन्दाजी ५०/५१ वर्षीय प्याउला थारु इनारमै फसेको अवस्थामा उद्धार गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार हिजो दिउँसो सवा १ बजेको समयमा इनार सफा गर्ने क्रममा फसेको चौधरीको इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको विपत व्यवस्थापनको १४ जनाको टोलीले उद्धार गरेको हो ।।

प्रकाशित मिति : २०८१ असार १५ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।