२०८३ कार्तिक ११ गते बुधवार

विमानस्थलबाटै भन्सार छलेर सुन ल्याउने तीन जना पक्राउ

काठमाण्डौ, ९ असार ।  काठमाण्डौको त्रिभुवन विमानस्थल हुँदै भन्सार छलेर सुन ल्याएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँकेको खजुरा गाउँपालिका वडा–८ का मोहम्मद दिलसाद खाँ, नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–१३ घर भई काठमाण्डौ महानगरपालिका–२६ बस्ने सन्तोष परियार र तनहुँ भानु नगरपालिका–७ घर भएका अन्जिल गुरूङ रहेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरुलाई प्रहरीले सिनामङ्गलबाट पक्राउ गरेको हो ।

कतारबाट नेपाल आउने हिमालय एयरलाइन्सको उडानमार्फत् नेपाल आउने केही व्यक्तिले भन्सार छलेर सुन ल्याई कारोबार गरेको गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिनुभयो । मोहम्मद दिलसाद खाँको शरीरमा खानतलासी गर्दा नौ लाख ९९ हजार तीन सय ९६ रूपैयाँ बराबरको झन्डै ७० ग्राम सुनको ब्रासलेट एक थान र झन्डै १२ ग्रामको बेरूवा औंठी भेटिएको जिसीले बताउनुभयो ।।

प्रकाशित मिति : २०८१ असार ९ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।