२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरमा दुईवटा मोटरसाइकल ठोक्किदा दुईजना घाइते

तुलसीपुर, ७ असार ।  दाङको तुलसीपुरमा दुईवटा मोटरसाइकल ठोक्किदा दुईजना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर–५ न्युरोडका ३२ वर्षीय रामप्रसाद लोनिया र तुलसीपुर–११ कटाहाका ४९ वर्षीया गिता वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । प्रहरीका अनुसार तुलसीपुर–११ कटाहाबाट तुलसीपुरतर्फ आउदै गरेको रा २ प ९०६९ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जादै गरेको रा ४ प ७२८५ नम्बरको मोटरसाइकल तुलसीपुर–६ गोलौरा नजिकै आपसमा ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी रा ४ प ७२८५ नम्बरको मोटरसाइकल चालक लोनिया र रा २ प ९०६९ नम्बरको मोटरसाइकलमा सवार रहेका वली घाइते भएको प्रहरीले जनाएको छ । घाइते दुबैजनाको तुलसीपुर सिटि हस्पिटलमा उपचार भइरहेको छ । अर्का मोटरसाइकल चालक ५० वर्षीय विनोद बस्नेत घाइतेको उपचारमा संलग्न रहेको र दुबै मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।।

प्रकाशित मिति : २०८१ असार ७ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।