२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरमा मट्टीतेल खाएर एक बालक गम्भिर विरामी

तुलसीपुर, ५ असार ।  दाङको तुलसीपुरमा मट्टीतेल खाएर एक बालक गम्भिर विरामी परेका छन् । तुलसीपुर–८ अश्वारा निवासी ३ वर्षीय आरोश बिक मट्टीतेल खाएर गम्भिर विरामी परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज दिउँसो ३ बजेको समयमा आफ्नै घरमा खेल्ने क्रममा ति बालकले मट्टीतेल खाएका हुन् । आमा–बुबा तुलसीपुर बजार गएको अवस्थामा मट्टीतेल खाएर विरामी परेका बालकलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ असार ५ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।