२०८३ कार्तिक ११ गते बुधवार

पश्चिम दाङमा भिरबाट लडेर एक महिला गम्भिर घाइते

तुलसीपुर, ५ असार ।  पश्चिम दाङमा भिरबाट लडेर एक महिला गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा बबई गाउँपालिका–५ हापुरे निवासी ४२ वर्षीया डिला रोका रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार सप्तखोली भिरमा घाँस काट्न गएको अवस्थामा आज दिउँसो सवाँ २ बजेको समयमा एक्कासी भिरबाट लडेर उहाँ घाइते हुनुभएको हो । घाइतेको मुख, हातमा चोट लाएको र एउटा औलासमेत चुडिएको प्रहरीले जनाएको छ । अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको उहाँको उपचार भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ असार ५ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।