२०८३ कार्तिक ११ गते बुधवार

दाङमा ट्याक्टर पल्टिंदा ४ जना घाइते 

तुलसीपुर, ३ असार । पश्चिम दाङमा ट्याक्टर पल्टिंदा ४ जना घाइते भएका छन् । घाइते हुनेमा शान्तिनगर गाउँपालिका निवासी ३९ वर्षका भिमबहादुर बुढाथोकी, ५१ वर्षका धनबहादुर भण्डारी, ५२ वर्षका लाटो राना, २३ वर्षका उमेश भण्डारी, घाइते भएको इप्रका तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

 खिलतपुरबाट ढुङ्गा लिएर अमुवा तर्फ जाँदै गरेको रा१त २३१७ नम्बरको ट्याक्टर साँझ ८ बजे शान्तिनगर –१ गुण्डलेमा अनियन्त्रित भएर पल्टिएको थियो । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । ट्याक्टरमा सवार  ६ जना मध्य एक जना सकुशल रहेको र चालक भागेको प्रहरीले बताएको छ । 

प्रकाशित मिति : २०८१ असार ३ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।