२०८३ कार्तिक ११ गते बुधवार

रेल दुर्घटनामा परी ८ जनाको मृत्यु

काठमाडौं, ३ असार ।  भारतको दार्जिलिङमा यात्रुवाहक रेल र मालवाहक रेल ठोक्किँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ । दुर्घटनामा अरू ५० जनाभन्दा धेरै घाइते भएका छन् । कोलकाताको सियालदहतर्फ गुडिरहेको कञ्चनजङ्घा एक्सप्रेस र न्यु जलपाईगुडीतिर गुड्दै गरेको मालवाहक रेल आज बिहान साढे ९ बजे पश्चिम बङ्गाल राज्यमा पर्ने न्यु जलपाईगुडी छेउमा ठोक्किएका दार्जिलिङ जिल्लाका निमित्त प्रहरी प्रमुख अभिशेख रायले जानकारी दिनुभयो ।

रेलका तीन वटा डब्बा लिगबाट बाहिरिएका समाचार संस्था एएफपीले जनाएको छ । रेल मन्त्री अश्वनी वैष्णवले दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई १०र१० लाख, गम्भीर घाइतेहरूलाई जनही साढे २ लाख र घाइतेहरूलाई जनही ५० हजार भारतीय रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।।

प्रकाशित मिति : २०८१ असार ३ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।