२०८३ कार्तिक ११ गते बुधवार

कल्लेका शिवराज रोका तुलसीपुरमा कोठाभित्रै मृत भेटिए

तुलसीपुर, ३ असार ।  दाङको तुलसीपुरमा एकजना मृत फेला परेका छन् । तुलसीपुर–३ कल्ले घर भई अहिले तुलसीपुर–५ ज्योतिनगर टोलमा कोठा भाडामा बस्दै आएका ३१ वर्षीय शिवराज रोका आफ्नै कोठामा रहेको पंखामा झन्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

गएराती साढे ११ बजेको समयमा पंखामा झुन्डिएको अवस्थामा उनको आमाले फेला पारी डोरी काटेर राप्ती प्रादेशकि अस्पताल तुलसीपुर पुर्याएपनि करिब १२ बजेको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असार ३ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।