सिरहा, २ जेठ । सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । शनिबार सिरहाको पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनगढीमाई नगरपालिका–७ कसहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । पश्चिमबाट पूर्वतिर जादै गरेको प्र २–०३–००१ ख नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको स. ५ प १९९० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनगढीमाइ ८ का ३१ वर्षीय राजेश्वर यादव र १४ वर्षीय लालबाबु यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी रमेश पडिण्तले जानकारी दिनुभयो । दुर्घटनामा परि ज्यान गुमाएका परिवार र आक्रोशित स्थानीयले पूर्व पश्चिम राजमार्ग केहिबेर चक्काजाम गरेका थिए । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी पण्डितले जानकारी दिनुभयो ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।