काठमाडौं, १ असार । सुडानको अल–फाशरमा भएको झडपमा दुई सय २० जनाभन्दा धेरैको मृत्यु भएको छ । परोपकारी संस्था मेडिसिन्स सेन्स फ्रन्टियर्स (एमएसएफ) ले अल–फाशरमा भएको पछिल्लो लडाइँमा दुई सय २० जना भन्दा धेरै मारिएका र एक हजार चार सय जना घाइते भएका जानकारी दिएको छ ।
निरन्तरको हवाई आक्रमण र गोलाबारीका कारण घाइतेले उपचार पाउनसमेत नसकेको पाइएको छ । एमएसएफका आपत्कालीन कार्यक्रमका प्रमुख मिसेल–ओलिभियर लाचाराइटले अल–फाशरमा अवस्था अराजक बनेको बताउनुभएको छ ।।
प्रकाशित मिति : २०८१ असार १ गते शनिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।