२०८३ कार्तिक ११ गते बुधवार

कारसँग बस ठोक्किएर त्रिशूली नदीमा खस्दा २० जना घाइते

काठमाण्डौं, ३२ जेठ ।  चितवनको इच्छाकामना गाउँपालिकाको फिस्लिङ नजिकै आज बिहान बस र कार ठोक्किँदा २० जना घाइते भएका छन् । नेपालगञ्जबाट काठमाण्डौको लागि छुटेको भे १ ख ४०६२ नम्बरको बस र बिपरित दिशा गुडिरहेका बा प्र ०१ ०२९ च ३७२० नम्बरको कार एकआपसमा ठोक्किँदा बसमा रहेका १५ र कारमा रहेका ५ जना घाइते भएका प्रहरीले जनाएको छ ।

कारसँग ठोक्किएपछि बस सडकबाट करिब २५ फिट तल त्रिशूली नदी किनारमा खसेको छ । दुर्घटनालगत्तै सशस्त्र प्रहरी बलको बिपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको टोलीले उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीसएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०८१ जेष्ठ ३२ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।