अबिरल वर्षातपछि आएकाे पहिराेले संखुवासभामा तीन घर बगायो

सांकेतिक फाेटाे

संखुवासभा, ३१ जेठ । संखुवासभामा पहिरोले तीन घर बगाएको छ । गएराति अबिरल वर्षासँगै गएको पहिरोल खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एक जना घाइते भएका छन् । स्थानिय मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । पहिरोमा परेर मणिप्रसाद राई घाइते हुनुभएको छ ।

पहिरोले घर बगाएर उनीहरु छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन । पहिरोबाट जिल्लाका विभिन्न ठाउँमा नौ घर विस्थापित भएका छन् । चिचिला गाउँपालिकाको वडा नं १ र २ का पाँच घर पहिरोको उच्च जोखिममा परेका प्रहरीले जनाएको छ । जिल्लामा बाढी पहिरोले के–कति क्षति भयो भन्ने विवरण सङ्कलन भइरहेको प्रहरी निरीक्षक लामिछानेले बताउनुभयो । ठाउँ ठाउँमा सडकहरु अवरुण भएका छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३१ गते बिहिवार
प्रतिक्रिया