बुटवल, ३१ जेठ । रुपन्देहीको बुटवलमा कार दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–१० का ५५ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा नगरपालिका ३ की ६७ वर्षिया आशा श्रेष्ठ र सोही स्थानकी ५० वर्षीया भगवती श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । बुटवलसँग जोडिएको पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको लु २ च ८५३१ नम्बरको कार गएराति ९ बजेको समयमा सडकबाट झण्डै १ सय मिटर तल खस्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नुवाकोट घुम्न गएकाहरु सवार रहेको कार दुर्घटना भएको इलाका प्रहरी कार्यलय बुटवलले जनाएको छ । दुर्घटनामा बुटवल मिलनचोककी चन्दा श्रेष्ठ र बुटवल ११ होराइजन चोककी लक्ष्मीता श्रेष्ठ घाइते भएका छन् ।।
प्रकाशित मिति : २०८१ जेष्ठ ३१ गते बिहिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।