रौतहट, २७ जेठ । वैदेशिक रोजगारीमा मलेसिया गएका रौतहटका एक युवकको दुर्घटनामा परेर मृत्यु भएको छ । मलेसियामा ट्रक दुर्घटनामा परी कटहरिया नगरपालिका–३ बड़का बरेडवा गाउँका २६ वर्षीय राकेश कुमार सोनारको मृत्यु भएको हो ।
मलेसिया स्थित कम्पनीबाट काम सकेर कोठामा फर्किने क्रममा गत जेठ १६ गते ट्रकले ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको पीडित परिवारले जनाएको छ । मृतकको शव १० दिनपछि शनिबार साँझ नेपाल ल्याइ अन्त्येष्टि गरिएको छ । मलेसिया स्थित नेपाली राजदूतावासले उनले काम गर्ने कम्पनीबाट क्षतिपूर्तिका लागि पहल गरिदिन मृतक राकेशको परिवारले आग्रह गरेको छ ।।
प्रकाशित मिति : २०८१ जेष्ठ २७ गते आइतवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।