२०८३ कार्तिक ११ गते बुधवार

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

डोटी, २३ जेठ ।  डोटीको जोरायल गाउँपालिका–१ खडिनामा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् । दार्चुलाबाट धनगढीतर्फ गुडिरहेको जीप दुर्घटना हुँदा दार्चुलाको लेकम गाउँपालिका–४ पैतोलीकी ४० वर्षीया धौलीदेवी धामीको घटनास्थलमै र सोही वडाकी तीन वर्षीया बालिका रीतिका पार्कीको उपचारका क्रममा मृत्यु भएको हो ।

आज बिहान भएको दुर्घटनामा घाइते भएकाहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । जीपमा चालकसहित नौ जना सवार रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो ।।

प्रकाशित मिति : २०८१ जेष्ठ २३ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।