२०८३ कार्तिक ११ गते बुधवार

मेयरसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डौ, २१ जेठ ।  ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित नौ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिनुभयो । मेयर महर्जन, उपमेयर मुना अधिकारीसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, नगरपालिकाका तत्कालीन राजस्व शाखा प्रमुख र पाँच वटा कम्पनीसहित ती कम्पनीका सञ्चालकलाई विपक्षी बनाएर भ्रष्टाचारसम्बन्धी पाँच वटा छुट्टाछुट्टै मुद्दा दर्ता भएका छन् ।

गोदावरी नगरपालिकाको ढुङ्गा–गिट्टी बिक्रीवितरण गर्दा सरकारी दररेटभन्दा कम गरी सरकारलाई हानीनोक्सानी पुर्‍याएको उनीहरूमाथि आरोप छ । अख्तियारले ठेक्का लगाउँदा प्रदेश आर्थिक ऐनअनुसार राजस्व दरभन्दा कममा असुल गरी प्रदेश र पालिका सरकारलाई नोक्सानी पुर्‍याएको दाबी गरेको छ । प्रतिवादी बनाइएका मेयर महर्जन नेपाली कांग्रेसबाट निर्वाचित हुन् । उनी २०७४ को पालिका चुनावमा पनि गोदावरी नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।।

प्रकाशित मिति : २०८१ जेष्ठ २१ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।