२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरमा हावाहुरीसहितको वर्षाले घर भत्किँदा एक जनाको मृत्यु

तुलसीपुर, २० जेठ ।  तुलसीपुरमा गएराती आएको हावाहुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपर उपमहानगरपालिका–१२ रझेनीका ७० वर्षीय भगवान् खत्री रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार राती ८ बजेको समयमा हावाहुरीले घर भत्किँदा टिनले छाएको एककोठे घरमा रहेका उनको च्यापिएर मृत्यु भएको हो । खत्रीसँगै रहेकी उनकी श्रीमतीले भने भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ जेष्ठ २० गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।