काठमाडौं, १८ जेठ । भारतमा गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ । बिहार, झारखन्डसमेत ७ राज्यमा हिजो एकै दिन लूका कारण ७९ जनाको मृत्यु भएको हो । सबैभन्दा धेरै बिहारमा ४४ जनाको मृत्यु भएको छ भने झारखन्डमा १५ जनाको मृत्यु भएको थियो । ओडिशाको राउरकेलामा ६ घण्टाको अन्तरालमा १० जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
भारतको मौसम विभागले आजका लागि यी राज्यमा लूसम्बन्धी सूचना जारी गर्दै सतर्कता अपनाउन भनेको छ । पछिल्ला दिनमा भारतमा गर्मीका कारण जनजीवन प्रभावित भएको छ ।।
प्रकाशित मिति : २०८१ जेष्ठ १८ गते शुक्रवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।