२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरमा अटो र मोटरसाईकल ठोक्किदा दुईजनाको मृत्यु

तुलसीपुर, १८ जेठ ।  तुलसीपुरमा अटोरिक्सा र मोटरसाईकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक बबई गाउँपालिका–४ का ३० बर्षीय राजेश भण्डारी र मोटरसाईलकमा पछाडी सवार सोही ठाउँका ३१ बर्षीय साकार केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार तुलसीपुर–२ कुमलगडीबाट तुलसीपुरतर्फ आउदै गरेको रा १ ह ४०९६ नम्बरको अटो र बिपरित दिशाबाट जाँदै गरेको रा ७ प २५० नम्बर मोटरसाईकल हिजो विहीबार दिउसो ४ बजेतिर तुलसीपुर–२ कुमगडी नजिकै ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुको नेपालगञ्जमा उपचारको क्रममा गएराति ९ बजेको समयमा मृत्यु भएको हो । दुर्घटनामा परि अटो चालक दाङ शान्तिनगर–७ खैरेनीका ४३ बर्षीय रुद्र बहादुर थापा घाइते भएका छन् । उनको नेपालगञ्जमा उपचार भइरहेको छ ।।

प्रकाशित मिति : २०८१ जेष्ठ १८ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।