काठमाडौं, १६ जेठ । पाकिस्तानको बलुचिस्तान प्रान्तको वाशुक जिल्लामा भएको बस दुर्घटनामा कम्तीमा २८ जनाको मृत्यु भएको छ । दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएको प्रहरीलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । ५० जनाभन्दा बढी यात्रु बोकेको बस सडकदेखि केही तल खोल्सामा खसेको थियो ।
घाइतेमध्ये धेरैको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने उपचारमा संलग्न डाक्टरहरूले बताएका छन् । घटनापछि बलुचिस्तानका मुख्यमन्त्री शरफराज बुग्टीले ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै घाइतेहरूलाई यथासम्भव उपचारको व्यवस्था गर्न निर्देशन दिनुभएको खबरमा उल्लेख छ ।।
प्रकाशित मिति : २०८१ जेष्ठ १६ गते बुधवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।