काठमाण्डौ, १५ जेठ । यार्सागुम्बा टिप्न डोल्पा पुगेकी रुकुमपश्चिमको आठविसकोट नगरपालिका–४ गोतामकोेटस्थित विष्ट गाउँ निवासी २२ वर्षिया जमुना विष्टको लेक लागेर मृत्यु भएको छ । डोल्पाको काईके गाउँपालिकाको लैनीबगरदेखि माथि डाँडामा पुगेका बेला विष्टको मृत्यु भएको वडा अध्यक्ष नरसिं विष्टले जानकारी दिनुभयो ।
डोल्पाको नाउरेमा पुगेको बेला विष्ट लेक लागेर बिरामी हुनुभएको थियो । उहाँको साथमा रहेकी कान्छी बहिनी सरस्वतीसहित घर फर्कदै गरेको बेला हिजो बाटोमा नै ज्यान गएको वडा अध्यक्ष विष्टले बताउनुभयो ।।
प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते मङ्गलवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।