मकवानपुर, १२ जेठ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङमा रहेको पूर्व–पश्चिम सडक खण्डमा गएराति बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । सर्लाहीबाट काठमाण्डौतर्फ जादै गरेको ना ७ ख १६७५ नम्बरको बसको ठक्करबाट झण्डै ४० वर्षीय एक पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । मृतकको पहिचान भने नखुलेको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०८१ जेष्ठ १२ गते शनिवार
























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।