२०८३ कार्तिक ११ गते बुधवार

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ, १० जेठ ।  ललितपुरको ग्वार्कोमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । गएराति टिपरले ठक्कर दिँदा प्रदेश–२–०१–००२ प ९१७५ नम्बरको मोटरसाइकल चालक जयनाथ यादवको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवन श्रेष्ठले जानकारी दिनुभयो । सिराहाको बरियापट्टि गाउँपालिका–४ घर भएका यादव कोटेश्वरमा बस्दै आउनुभएको थियो ।

गएराति करिब पौने १० बजेको समयमा ग्वार्को चोक स्थित कोटेश्वरबाट सातदोवाटोतर्फ जाँदै गरेको टिपरले ठक्कर दिँदा उहाँ गम्भीर घाइते हुनुभएको थियो । उपचारको लागि बिएण्डबी अस्पताल पुर्याइएलगत्तै चिकित्सकले उहाँलाई मृत घोषणा गरेका हुन् । ठक्कर दिने बा ३ ख ६६२१ नम्बरको टिपर टिका भैरवबाट नियन्त्रणमा लिएको एसएसपी श्रेष्ठले बताउनुभयो ।।

प्रकाशित मिति : २०८१ जेष्ठ १० गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।