२०८३ कार्तिक ११ गते बुधवार

जहाजको ठक्करबाट विमानस्थल प्रमुख गम्भिर घाइते

काठमाडौं, १० जेठ ।  हिमाली जिल्ला मुगुको ताल्चा विमानस्थलमा उड्न लागेको जहाजले ठक्कर दिँदा घाइते भएका विमानस्थल प्रमुख धीरेन्द्र भामलाई काठमाडौँ रिफर गरिएको छ । घाइते भएपछि अचेत अवस्थामा रहेका भामलाई सोही एयरको विमानमार्फत उपचारका लागि नेपालगन्ज लगिए पनि त्यहाँ उपचार हुन नसकेपछि काठमाडौँ रिफर गरिएको हो ।

आज १२ बजेतिर ताल्चाबाट नेपालगन्जका लागि उड्न लागेको सीता एयरको ट्विनअटर जहाजको अघिल्लो भागको पङ्खाले भामलाई ठक्कर दिएको जिल्ला प्रहरीका कार्यालय मुगुले जानकारी दिनुभयो । उहाँको अवस्था गम्भीर रहेकाले नेपालगन्ज हुँदै काठमाडौँ पठाइएको छ । भामले जहाजका चालकलाई जहाज उडान गर्न सङ्केत गरिरहेको र जहाज बिस्तारै गुडिरहेका बेला चालकले बोलाएपछि उहाँ जहाजतर्फ जाने क्रममा जहाजको अघिल्लो भागको पङ्खाले ठक्कर दिएपछि उहाँ घाइते हुनुभएको हो ।।

प्रकाशित मिति : २०८१ जेष्ठ १० गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।