२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु 

तुलसीपुर, ९ जेठ । दाङको तुलसीपुरमा मोटरसाइकलले ठक्कर दिँदा  एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर -१२ निवासी ६२ वर्षीया रेश्मी खत्री रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार तुलसीपुरबाट जसपुरतर्फ जाँदै गरेको रा ६ प ६०४१ नम्बरको मोटरसाइकलले तुलसीपुर -१२ पुकार पसल नजिकै पैदल हिँडिरहेकी खत्रीलाई आज बेलुका ७ बजेको समयमा ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परि गम्भीर घाइते भएकी उहाँको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा राती साढे ८ बजे मृत्यु भएको हो । माेटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति : २०८१ जेष्ठ ९ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।