२०८३ कार्तिक ११ गते बुधवार

दाङमा मोटरसाइकल दुर्घटनामा परी १ जनाको मृत्यु

दाङ, ९ जेठ । दाङको देउखुरीमा २ वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पाको गंगादेब गाउँपालिका–६ ताप्ला बजारका ५४ वर्षिय विरबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । प्रहरीका अनुसार पुर्वबाट पश्चिम तर्फ आउदै गरेको लुम्बिनी ए.ए.ए ८७०० नम्बरको सरकारी मोटरसाइकल र विपरित दिशाबाट जादै गरेको रा ३ प ८२४५ नम्बरको मोटरसाइकल आज बुधबार दिउँसो पौने २ बजेको समयमा लमही नगरपालिका–१ नर्तीमा एकआपसमा ठोक्किदा तिनजना घाइते भएका थिए ।

घाइते मध्य खड्काको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र अन्य सोही ठाउँका ५७ वर्षिय कमानसिंह खत्री र रुपन्देहीको गैडहवा गाउँपालिका–७ छत्रपुरुवाका ३१ वर्षिय अजय मिश्रको अहिले उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।।

प्रकाशित मिति : २०८१ जेष्ठ ९ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।