काठमाण्डौ, ८ जेठ । चितवनको कुरिनटारमा आज बिहान माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते भएका छन् । बा ३ ख ६६१० नम्बरको माइक्रोबस र बा ४ ख ६४१७ नम्बरको टिपर पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ कुरिनटारमा ठोक्किँदा माइक्रोबसमा रहेका १३ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । १२ जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र एक जनालाई काठमाण्डौ रिफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि कुरिनटारमा केहीबेर सडक अवरुद्ध भएको थियो । अहिले सहजरूपमा गाडी चलिरहेका प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०८१ जेष्ठ ८ गते मङ्गलवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।