२०८३ कार्तिक ११ गते बुधवार

चट्याङ लागेर एकै गोठका ७२ वटा भेडाको मृत्यु

सङ्खुवासभा, ७ जेठ ।  सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२ वटा भेडा मरेका छन् । गत शनिवार राती परेको चट्याङ लागेर एकै गोठका ७२ वटा भेडा मरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो ।

स्थानिय सोमबहादुर लिम्बूको चार सय भेडामध्ये ७२ वटा भेडा मरेको उहाँले बताउनुभयो । रातको समयमा हुरीसँगै असिना परेपछि रुखको फेदमा बसेका ती भेडा एकै ठाउँ मरेको भेटिएको उहाँले बताउनुभयो । अहिले क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । सभापोखरी गाउँपालिकाको माथिल्लो भेग नेपालको ताप्लेजुङ र चीनसँग जोडिएको छ ।।

प्रकाशित मिति : २०८१ जेष्ठ ७ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।