काठमाडौं, ७ जेठ । इरानका राष्ट्रपति इब्राहिम रैसी चढेको हेलिकप्टर दुर्घटना भएको छ । राष्ट्रपति इब्राहिम विदेशमन्त्रीसहित अजरबैजानमा भएको एक कार्यक्रमबाट फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा परेर हराइरहेका छन् । खराब मौसमका कारण हेलिकप्टर दुर्घटनामा परेको आशंका गरिएको खबरमा उल्लेख छ ।
हेलिकप्टरमा राष्ट्रपतिसँगै विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान, इरानका सर्वोच्च नेताका प्रतिनिधि अयोतल्लाह मोहम्मद अली अल हसम, इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र अरु धेरै व्यक्ति रहेका इरानका गृहमन्त्री अहमद वाहिदीले पुष्टि गर्नुभएको छ ।हेलिकप्टर खोज्न ४० जनाको टोली परिचालन गरिएको छ । दुर्घटनामा परेको हेलिकप्टर काफिलेमा सञ्चालित तीनवटा हेलिकप्टरमध्ये एक हो ।।
प्रकाशित मिति : २०८१ जेष्ठ ७ गते सोमवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।