२०८३ कार्तिक ११ गते बुधवार

रोल्पामा ट्याक्टर दुर्घटना हुदा एक महिलाको मृत्यु

रोल्पा, ६ जेठ ।  रोल्पामा ट्याक्टर दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका–६ घर भई अहिले रोल्पा नगरपालिका–१ मेबाङमा बस्दै आएकी ४३ वार्षिय रुपसरी बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पानीको ट्याङ्की बोकेर उकालोमा चढ्ने क्रममा रोल्पा नगरपालिका–४ खाद्यटोल लिबाङमा गएराती ८ बजेको समयमा लु ३ त ३४०२ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा परी विष्टको घटनास्थलमै मृत्यु भएको हो भने चालक सकुशल रहेको प्रहरीले जनाएको छ । चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ जेष्ठ ६ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।