२०८३ कार्तिक ११ गते बुधवार

दाङमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

तुलसीपुर, ६ जेठ ।  दाङमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–५ आदर्श टोल निवासी १३ वर्षीय विवेक भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी जनकबहादुर मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार लमही नगरपालिका–६ कुलमोहरस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा भण्डारीको मृत्यु भएको हो । उनी साथीहरू मिलेर नुहाउन गएको बेला पानीमा डुबेका थिए । उनको शव सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले निकाले डीएसपी मल्लले बताउनुभएको छ ।।

प्रकाशित मिति : २०८१ जेष्ठ ६ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।