काठमाण्डौ, ५ जेठ । गोरखामा छुट्टाछुट्टै ठाउँमा पौडी खेल्ने क्रममा डुबेर हिजो दुई जनाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–१ बिरौटा चेपेखोलामा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षका मेष तामाङको र गोरखा नगरपालिका–१० छेवेटार दरौदी नदीमा पौडी खेल्ने क्रममा झापाको कमला गाउँपालिका–५, पाडाजुङ्गे घर भएका १८ वर्षका समीर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।।
प्रकाशित मिति : २०८१ जेष्ठ ५ गते शनिवार
























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।