काठमाण्डौ, ५ जेठ । धनुषाको जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको सहिदनगर नगरपालिका–८ का मोटरसाइकल चालक ३२ वर्षका शिवेन्द्र रोहिता रहेको रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा २१ च ३३४३ नम्बरको कारले प्रदेश २ ज ५६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा जनकपुर अनलाइनका सञ्चालक समेत रहेका पत्रकार रोहिताको मृत्यु भएको हो ।
मोटरसाइकलको पछाडि बसेका २५ वर्षका जयनाथ यादव घाइते भएको र उहाँको स्थानिय अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०८१ जेष्ठ ५ गते शनिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।