२०८३ कार्तिक ११ गते बुधवार

दाङमा ३ जना चडेको मोटरसाईकल दुर्घटना हुदा एकजनाको मृत्यु

तुलसीपुर, ३ जेठ ।  दाङमा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा घर भई अहिले दाङको घोराही–१५ रतनपुर बस्दै आएका सागर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । प्रहरीका अनुसार ३ जना सवार रा ५ प ४९०८ नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका–१३ बडहरामा मंगलवार दुर्घटना भएको हो ।

दुर्घटनामा परी पछाडी सवार अन्य दुई जना घाईते भएका छन् । घाइते घोराही–१४ की अञ्जली मगर र मोटरसाइकल धनी सुभास घर्तीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ जेष्ठ ३ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।