२०८३ कार्तिक ११ गते बुधवार

भारतमा ३ महिना देखी बन्धक बनाईएका ३६ जना नेपालीको उद्धार

काठमाण्डौ, २ जेठ ।  नेपालबाट मजदुरीका लागि भारतको कश्मीर पुर्‍याएर बन्धक बनाई काममा लगाइएका ३६ जनाको उद्धार भएको छ । दलालहरूले राम्रो आम्दानीको प्रलोभन देखाएर सर्लाही, महोत्तरी र धनुषाका गाउँबाट उनीहरूलाई कश्मीर पुर्‍याएका थिए । कश्मीर लगेपछि नगद, नागरिकता र मोबाइल खेसेर ठेकेदारले पारिश्रमिकसमेत नदिई कुटपिट, डररधम्की देखाएर काममा लगाउँदै आएको थियो ।

झन्डै तीन महिना बन्धक बनाएपछि दिल्लीमा रहेको नेपाली दूतावास, जम्मु–कश्मीर पुलिस, क्राइम ब्रान्चको सहयोगमा उनीहरूलाई उद्धार गरी दिल्ली पुर्‍याइएको हो । उद्धारका लागि सामाजिक संस्था किन इन्डियाले पहल गरेको हो । उद्धारका लागि कश्मीर पुगेका किन इन्डियाका प्रमुख नवीन जोशीले बिहारबाट नेपाली गाउँमा पुगेका दलालहरूले नेपाली मजदुरलाई फकाएर ल्याएको देखिएको बताउनुभयो ।।

प्रकाशित मिति : २०८१ जेष्ठ २ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।