बर्दिया, २ जेठ । बर्दियामा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् । घाइते हुनेमा ठाकुरबाबा नगरपालिका–६ बनखेत गाउँ निवासी २४ वर्षकी राममाया चौधरी, ५० वर्षका होलुराम थारु र २३ वर्षका हिमाल अधिकारी रहेको प्रहरीले जनाएको छ ।
घाइते तीनै जनालाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पठाएको छ । उनीहरूलाई घरखेतमा हिँडिरहेका बेला चितुवाले आक्रमण गरेको हो । आज राष्ट्रिय निकुञ्ज भित्रबाट आएको चितुवाको आक्रमणबाट एउटै गाउँका तीन जना घाइते भएपछि स्थानीयवासी त्रसित भएका छन् ।।
प्रकाशित मिति : २०८१ जेष्ठ २ गते बुधवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।