२०८३ कार्तिक ११ गते बुधवार

भिजिट भिसामा कुवेत लगेर बेच्ने २ जना पक्राउ

काठमाडौं, २ जेठ ।  भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका–९ घर भई हाल काठमाडौ्को तार्केश्वरमा बस्‍ने २४ वर्षीय राकेश सुनार भन्‍ने गोपाल सुनार र गोरखाको पालुङटार–८ घर भई हाल टोखा नगरपालिका–६ बस्‍ने आयुष भन्‍ने २५ वर्षीय आकाश बाबु विक रहेका छन् ।

उनीहरूले बेरोजगार महिलाहरुलाई दुबईमा रहेको कम्पनीमा आकर्षक तलबको प्रलोभनमा पारी भिजिट भिसामा दुबई लगी प्रलोभनमा पारेर कुवेत पुर्‍याई मानव बेचविखन गरेको प्रहरीको आरोप छ । पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि मावन बेचबिखन अनुसन्धान व्यूरो बबरमहल पठाइएको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ जेष्ठ २ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।