काठमाडौं, १ जेठ । पाकिस्तान प्रशासित कश्मीरमा बिजुली र आँटाको मूल्यमा भएको वृद्धिको विरोधमा भएको हिंसात्मक प्रदर्शनका क्रममा तीन जनाको मृत्यु भएको छ । घटनापछि त्यहाँको अवस्था तनावपूर्ण छ । पाकिस्तान प्रशासित कश्मीरलाई २३ अर्ब रुपैयाँ दिएपछि सरकारले हिजो साँझ बिजुली र आँटाको मूल्य घटाउन निर्देशन दिएको हो । तर, पाकिस्तानी रेन्जर्सका जवानहरूले मुजफ्फराबादमा प्रवेश गर्न खोज्दा प्रदर्शनकारीहरूसँग उनीहरूको झडप भएको थियो ।
प्रदर्शनकारीहरूले उनीहरूमाथि ढुङ्गा प्रहार गरे, जसका कारण कैयौँ रेन्जरहरू घाइते भएका थिए। ढुङ्गा हानेको जवाफमा अधिकारीहरूले हवाई फायर गरेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । तर त्यसको स्वतन्त्र रूपमा पुष्टि हुन भने सकेको छैन । यसैबिच सीएमएच मुजफ्फराबादका डा नादिर रहमानले झडपपछि तीन जनाको शव अस्पतालमा ल्याइएको जानकारी दिनुभएको छ । मृतक सबैलाई गोली लागेको छ ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।