२०८३ कार्तिक ११ गते बुधवार

अमेरिका पठाउने भन्दै ९ महिनासम्म बन्धक बनाउने ३ जना पक्राउ

काठमाण्डौ, २८ बैशाख ।  अमेरिका र क्यानडा पठाउने भन्दै केन्या पुर्‍याएर नौ महिनासम्म बन्धक बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकका टासी शेर्पा, ङिमबुटी शेर्पा र निमा शेर्पा रहेका छन् । उनीहरूलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले आज सार्वजनिक गरेको हो । यो समूहले १० जना युवालाई अमेरिका पठाउने भन्दै साढे पाँच करोड रुपैयाँ लिएर केन्या पुर्‍याएर बन्धक बनाएको खुलेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले जानकारी दिनुभयो ।

उनीहरूले अमेरिका जान इच्छुकसँग शुरुमा पाँच लाख रुपैयाँ लिएका थिए । त्यसपछि टिकट, डलर सटही लगायतका शीर्षक देखाउँदै रकम लिइएको पाइएको छ । प्रतिव्यक्ति ५० लाख रुपैयाँसम्म असुलेपछि १० जनालाई केन्या पठाएर बन्धक बनाएको खुलेको एसएसपी भट्टराईले बताउनुभयो ।।

प्रकाशित मिति : २०८१ बैशाख २८ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।