२०८३ कार्तिक ११ गते बुधवार

स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दुईजना पक्राउ

काठमाण्डौ, २८ बैशाख ।  स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित बिहान काठमाण्डौबाट पक्राउ परेका दुई जनामध्ये एक जना यसअघि सुन तस्करीमा संलग्न भएको खुलेको छ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहान रुपन्देहीको सियारी गाउँपालिका–७ का समिर सुनार र मिलन विकलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकामध्ये मिलन विक यसअघि २०८० साल असोज १० गते दोलखामा साढे ११ किलो अवैध सुन पैठारी तथा संलग्नमा पक्राउ पुर्जी जारी भई फरार भएको पाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । मिलन र समिरलाई बा १३ च ४८५८ नम्बरको गाडीमा स्रोत नखुलेको ९८ लाख रुपैयाँ रकमसहित काठमाण्डौको दरबारमार्गबाट प्रहरीले पक्राउ गरेको थियो ।।

प्रकाशित मिति : २०८१ बैशाख २८ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।