२०८३ कार्तिक ११ गते बुधवार

रुकुमको भेरी नदिमा ट्याक्टर खस्दा दुई जनाको मृत्यु, तीन जना घाईते

रुकुम पश्चिम, २८ बैशाख ।  रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आठविसकोट नगरपालिका–१४ का ट्याक्टर चालक २२ वर्षिय विकास खड्का र सोहि सोही ठाउँका १९ वर्षिय हरी आचार्य रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । प्रहरीका अनुसार आठविसकोटको पिपलचौरबाट जाजरकोटको रिम्नातर्फ जादै गरेको ट्याक्टर सडकबाट करिब ७० मिटर तल रहेको ठुलीभेरीमा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी उनीहरुको घटनास्थलमै मृत्यु भएको हो भने अन्य तिनजना घाइते भएका छन् । घाईतेलाई उपचारको लागि चौरजहारी अस्पताल पठाईएको प्रहरीले जनाएको छ । उनीहरुको पहिचान भने खुलेको छैन । ट्याक्टर भेरी नदिमै रहेकोले नम्वर समेत खुल्न बाकी छ । ट्याक्टरमा चालकसहित पाँच जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ बैशाख २८ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।