काठमाण्डौ, २५ बैशाख । ललितपुर महानगरपालिका–१७ ग्वार्कोमा भएको आगलागीमा परी घाइते भएका दुई बालिकाको उपचारका क्रममा मृत्यु भएको छ । आगलागीमा परी पाँच जना घाइते भएकोमा आठ वर्षीया प्रिया गिरी र तीन वर्षीया एलिसा गिरीको हिजो बेलुका उपचारका क्रममा किष्ट अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।
अन्य गम्भीर अवस्थाका दुईजनाको उपचार भैरहेको र अर्का एकजनाको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । ३५ वर्षीय सञ्जय गिरीको भेन्टिलेटरमा र उहाँकी श्रीमती ३२ वर्षीया रुपा गिरीको आइसियुमा राखेर उपचार भैरहेको छ । अर्का घाइते नित गिरीलाई वार्डमा सारिएको छ । केही दिनअघि आगो निभाउने क्रममा जलेर ललितपुरको गोदावरीका शंकर पहरी र रमेश पहरीको पनि मृत्यु भएको थियो ।।
प्रकाशित मिति : २०८१ बैशाख २५ गते मङ्गलवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।