२०८३ कार्तिक ११ गते बुधवार

जङ्गलमा आगो लगाउने पाँच जना पक्राउ

काठमाण्डौ, २३ बैशाख ।  काभ्रेका विभिन्न जङ्गलमा आगो लगाएको आरोपमा पाँच जना पक्राउ परेका छन् । पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जङ्गलमा आगो लगाएको आरोपमा मण्डनदेउपुर नगरपालिका–११ का ३१ वर्षीय मैते तामाङ, २५ वर्षीय विकास भुजेल र सबिन सुनार, नमोबुद्ध नगरपालिका–१ को कासकोट सामुदायिक जङ्गलमा आगो लगाएको आरोपमा ८० वर्षीय आइतीमाया तामाङ र चौँरीदेउराली गाउँपालिका–६ को आरुबोट सामुदायिक जङ्गलमा आगो लगाएको आशङ्कामा ४९ वर्षीय लालकुमार सेन ठकुरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताउनुभयो ।

पक्राउ परेका पाँचजनामध्ये नमोबुद्ध–१ का मैते तामाङलाई सोधपुछ गरेर छोडिएको र अरुलाई मुद्दा चलाइएको उहाँले बताउनुभयो । वनको डढेलो बस्तीमा पस्दा रोशी, महाभारत र खानीखोला गाउँपालिकाका विभिन्न ठाउँमा क्षति भएको छ । केही दिनअघि रोशी गाउँपालिका–४ सानोपोटा गाउँका १५ घर नष्ट हुँदा दुई करोड २६ लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको थियो ।।

प्रकाशित मिति : २०८१ बैशाख २३ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।